हिउँ पहिरोमा परि मृत्यु भएकाको शव परिवारलाइ बुझाइयो

अशोज १६, २०८३ मा प्रकाशित | 14 views

हिउँ पहिरोमा परि मृत्यु भएकाको शव परिवारलाइ बुझाइयो

काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ आधार शिविरमा गएको हिउँपहिरोमा परी ज्यान गुमाएका गोरखाका वीरेन्द्र गुरुङको शव परिवारलाई बुझाइएको छ ।

आरोहीको सहयोगीका रूपमा हिमलुङ आधार शिविर पुगेका धार्चे गाउँपालिका–२ केरौँजाका ३२ वर्षीय वीरेन्द्र गुरुङको शव हेलिकोप्टरमार्फत गाउँ पुर्‍याएर आफन्तको जिम्मा लगाइएको स्थानीय सूर्यबहादुर गुरुङले जानकारी दिनुभयाे । शव हस्तान्तरणसँगै केरौँजाबासीले गुरुङ परम्परा र संस्कृति अनुसार उनको अन्त्येष्टि गरेका छन् ।

हिमालयन होलिडेज कम्पनीमार्फत आधार शिविर पुगेका वीरेन्द्र गत आइतबार गएको हिउँपहिरोमा परी बेपत्ता भएका थिए। उनको शव सोमबार फेला परेको थियो ।

यसैगरी, सोही हिउँपहिरोमा परी ज्यान गुमाएका धार्चेकै ४५ वर्षीय आशबहादुर गुरुङको शव बुधबार दिउँसो फेला परेको छ । उनको शव भने पोस्टमार्टम तथा आवश्यक प्रक्रियाका लागि काठमाडौँ ल्याइएको छ ।

इमेजिन नेपाल एक्सपिडिसन प्रालिमार्फत गाइड तथा कुकम्यानका रूपमा काम गर्न आशबहादुर आधार शिविर पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web