
काठमाडौँ । मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्तामध्ये आज थप चार जनाको शव फेला परेको छ ।
नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) ले सामाजिक सञ्जालमा लेख्दै पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप चार जनाको शव फेला पारेको जानकारी गराएको हो ।
यसअघि सात जना शव भेटिएको थियो । हिमपहिरोमा १६ जना बेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । अझै पाँच जना बेपत्ता छन् ।
खोजी तथा उद्धारको काम चलिरहेको एनएनएमजीएले जनाएको छ । हिम्लुङ हिमालको आधारशिविरमा गएकाे आइतवार असोज ११ गते बिहान हिमपहिरो गएकाे थियाे ।
26.12¡ÆC