पहिरो र नदी कटानले मुस्ताङ ३ दिनदेखि सम्पर्कविच्छेद

अशोज १४, २०८३ मा प्रकाशित | 2 views

पहिरो र नदी कटानले मुस्ताङ ३ दिनदेखि सम्पर्कविच्छेद

काठमाडौँ । अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि सम्पर्कविच्छेद भएको छ ।

म्याग्दीको दानामा रहेको सबस्टेशन र ३३ केभी प्रसारण लाइनमा क्षति पुग्दा ३ दिनदेखि मुस्ताङ विद्युत‍्विहीन छ । बेनी–जोमसोम–कोरला सडक खण्डका ४६ ठाउँमा क्षति पुग्दा सडक मार्ग पूर्ण अवरुद्ध छ ।

सडक अवरुद्ध हुँदा आवातजावातसँगै आपूर्ति प्रणाली प्रभावित बनेको प्रतिनिधिसभाको आजको बैठकमा सांसद योगेश गौचन थकालीले जानकारी गराउनुभयो ।

मुस्ताङको विपत्तिको अवस्थाबारे सदन र सरकारको ध्यानाकर्षण गराउँदै उहाँले लोमान्थाङ गाउँपालिकाका विभिन्न वडामा सिँचाइ प्रणाली र कृषि पूर्वाधारमा भएको क्षति तथा घरोभज्याङ र थासाङ गाउँपालिकाका बस्तीहरूमाथि परेको जोखिमबारे जानकारी गराउनुभयो । विशेषगरी लुक्रा गाउँमा स्थानीयवासीको घर पूर्ण र आंशिकरूपमा क्षति भएको उहाँले बताउनु भयो ।

पूर्वाधारमा भएको क्षतिले मुस्ताङको समग्र अर्थतन्त्र र सञ्चार प्रणालीमा धक्का पुगेको छ । सडक अवरुद्ध हुँदा चीनसँगको व्यापारिक सम्पर्क र राष्ट्रिय आपूर्ति सञ्जालमा प्रत्यक्ष असर परेको छ ।

सांसद थकालीले यस विपत्तिलाई ‘राष्ट्रिय सुरक्षा’ र ‘जलवायु सुरक्षा’ को दृष्टिकोणबाट हेर्न सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web