साउनमा भित्रियो २ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स

अशोज २, २०८३ मा प्रकाशित | 17 views

साउनमा भित्रियो २ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौँ । चालू आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिना साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनमा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको यही अवधिको तुलनामा २१.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेर १ अर्ब ४० करोड डलर पुगेको छ ।

यस्तै गएको साउनमा वैदेशिक रोजगारीका लागि ४२ हजार ६९३ जनाले अन्तिम श्रम स्वीकृति र २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

अघिल्लो वर्षको यही अवधिमा ४४ हजार ४६६ जनाले अन्तिम श्रम स्वीकृति र २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web