
नुवाकोट । किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।
बैंकिङ कसुर मुद्दाको अनुसन्धान क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । किस्पाङका अध्यक्ष तामाङलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट आइतबार अनुमति लिएको थियो ।
अदालतमा मुद्दा दर्ता भए पनि हाजिर नभएकाले पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर थापाले जानकारी दिनुभयो । तामाङ नयाँबजारमा रहेको ओसिन ट्रान्सपोर्ट एडभेन्चर प्रालिका सञ्चालक पनि हुन् ।
भदौ १० को बाढीबाट प्रभावित पालिकाका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको छलफलमा तामाङ पनि सहभागी थिए । बैठक सकेर निस्केपछि उनी पक्राउ परेका हुन् ।
यसअघि पनि उनलाई विभिन्न मुद्धामा प्रहरीले पक्राउको प्रयास गरेको थियो । तर, राजनीतिक आड र दबाबमा उनलाई प्रहरीले फेला पार्न नसकेको बताउदै आएको थियो ।
24.12¡ÆC