
काठमाडौं । नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रा. लि.ले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ नगद सहयोग गरेको छ ।
कम्पनीले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्येबाट यो सहयोग रकम जुटाएको हो । उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
चेक हस्तान्तरण कार्यक्रममा आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले विपद्को समयमा सहयोगी हात बन्न पाएकोमा आफूलाई गौरव महसुस भएको बताइन् । उनले आईविवीका उत्पादन खरिद गर्ने आम उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासकै कारण जम्मा तीन दिनमै ५० लाख रुपैयाँ सहयोग रकम जुटाउन सम्भव भएको उल्लेख गरिन् ।
तपाईँहरूको साथ सहयोगबिना आज हामी यो ५० लाखको नगद सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न सक्ने थिएनौँ । आईविवीका उत्पादन खरिद गरेर उपभोक्ताले दिएको साथबाट नै यो सहयोग सम्भव भएको उनले स्पष्ट पारिन् ।
हिजोका दिनमा आईविवीका उत्पादन किनिदिएर हामीलाई मुनाफा नभएको भए यो रकम डोनेसन गर्ने हिम्मत हुने थिएन । अहिले तपाईँहरूले नकिनिदिनुभएको भए तीन दिनमै ५० लाख जम्मा पनि हुने थिएन, सर्राफले थपिन् ।
कम्पनीका अनुसार पछिल्ला तीन दिनमा उपभोक्ताले आईविवीका सामान खरिद गर्दा खर्च गरेको शतप्रतिशत रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको हो । ‘यो डोनेसन आईविवीले होइन, तपाईँहरूले गर्नुभएको हो । यसमा मामुहरू सबैको हिस्सा छ, रिटेलरको मेहनत छ, डिलरको विश्वास छ। हामीले त्यही विश्वासलाई जोडेर यो सम्भव बनाएका हौँ’ उनले भनिन् ।
आईविवीले विपद्का समयमा प्रभावित परिवारलाई सहयोग गर्न आफ्ना उपभोक्ता, रिटेलर तथा डिलर नेटवर्कलाई समेत जोड्दै यो राहत अभियान सञ्चालन गरेको हो ।
27.12¡ÆC