
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधवार आएको विनाशकारी बाढीपछि अझै ५ हजार ३२६ जना सम्पर्कविहीन रहेका छन् ।
अहिलेसम्म १ हजार ३५७ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।
फेला परेका शवमध्ये रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ रहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा सञ्चालन भएको अभियानबाट अहिलेसम्म १३ हजार ५८३ जनाको उद्धार भएको छ । १०२ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको छ ।
बाढी प्रभावितका लागि रसुवा, नुवाकोट र धादिङमा रहेका ३९ होल्डिङ सेन्टरमा ३ हजार ५३३ जनाले आश्रय लिइरहेका छन् ।
26.12¡ÆC