बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

भदौ २३, २०८३ मा प्रकाशित | 8 views

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोट र धादिङका नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज बनाएको छ ।

बाढीका कारण स्वास्थ्य बीमा परिचयपत्र हराएको वा साथमा नभएको अवस्थामा पनि बीमितले सेवा पाउने व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्डका प्रवक्ता पवन साहले जानकारी दिनुभएको छ ।

बोर्डले हिजो सूचना निकालेर प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई तीन महिनाका लागि स्वास्थ्य बीमामा लाग्दै आएको सह भुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो ।

बीमा अन्तर्गत बहिरङ्ग सेवा वा केही विशिष्ट प्रकारका उपचार र औषधिहरूका लागि ओपीडीमा तोकिएको सीमा ’क्यापिङ हटाउने’ निर्णय भएको छ । संकटको घडीमा बिरामीको उपचार खर्च तोकिएको सीमाभन्दा बढी भए पनि बीमाबाटै कभर हुने र बिरामीले थप रकम बुझाउनु नपर्ने गरि तोकिएको सीमालाई अस्थायी रूपमा हटाइदिएको हो ।

परिचयपत्र नभएका बीमितको हकमा सम्बन्धित स्वास्थ्य संस्थाले आईएमआईएस–यूजर प्रणालीमार्फत स्वास्थ्य बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउनुपर्ने बोर्डले जनाएको छ ।

भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलामा आएको बाढीका कारण प्रभावित भएका जिल्लालाई सरकारले बाढी संकटग्रस्त घोषणा गरेको थियो । विपद्को यस अवस्थामा नागरिकलाई स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले बीमा बोर्डले यो निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web