
काठमाडौँ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ ।
प्रतिकूल मौसम र निरन्तरको लेदो तथा भग्नावशेषका बिच शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अझ तीव्र पारिएको छ ।
टनेलभित्र मानिसहरू फसेको खबर पाउनासाथ सरकारले उद्धार टोलीलाई प्राथमिकताका साथ परिचालन गरेको थियो। सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिरहेको छ ।
यसैबिच, नेपालको उद्धार प्रयासमा सहयोग पुर्याउन भारतीय टोली पनि त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार तथा राहत कार्य अघि बढाउने योजना बनाएको छ ।
28.12¡ÆC