मृत व्यक्तिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

भदौ १, २०८३ मा प्रकाशित | 57 views

मृत व्यक्तिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौ । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका मृत व्यक्तिहरूको विवरण अद्यावधिक गरिदिन सम्बन्धित परिवारलाई आग्रह गरेको छ ।

मतदाता नामावलीमा नाम दर्ता भएका कोही व्यक्तिको मृत्यु भएको अवस्थामा निर्वाचन कार्यालयलाई जानकारी दिन आयोगले सम्बन्धित परिवारलाई आग्रह गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । मृत्यु दर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा सूचना दिन आयोगले आग्रह गरेको हो। ” मतादाता नामावलीमा दर्ता भएका कसैको मृत्यु भएमा निजको एकाघर परिवारका सदस्य वा कुनै व्यक्तिले मृत्यु दर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिई मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यमा सहयोग गर्नुहुन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ,” उनले भनेका छन् ।

मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अद्यावधिक गरिने उनले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web