सिजो
(कोरियन शैलीको गीति कविता)
लेखक: श्रीराम श्रेष्ठ
बट्टार, नुवाकोट
१,
पल्टाए प्रेमपत्र आफैदेखि लाज भयो
नजिक हुन खोज्दा भक्कानिँदै मन रोयो
विश्वास गुमाएपछि हुँदो रैछ पराई ।
२,
पहिले चिनजान राम्रैसँग गरेँ मैले
नजिक हुँदाखेरि बोलचाल पनि भयो
फुर्किदा ठूलो मानिस भेटघाटै नगर्ने ।
३,
आशामा सधैं बसे इमान्दार सम्झीसम्झी
झूटमा बितिगयो सधैंभरि कालो मन
तड्पिए जीवनभर तिमीलाई सम्झेर ।
४,
बितेको पलपल नाचिदिन्छ आँखाभरि
बिर्सन खोजिदिँदा गाँठाे पर्छ मन मुटु
सम्झना ताजा बनेर आँखाभित्रै टाँसिन्छ ।
५,
लिएर चोखो माया तिमीलाई साच्दै राखे
निष्ठुरी बनेपछि एकलव्य बुन्दै गए
मनमा सपना बुन्दै कुर्दैँ बसेँ टोलाई ।
लेखक श्रीराम श्रेष्ठ बरिष्ठ साहित्यकार एंव विश्लेषक हुनुहुन्छ ।
प्रतिक्रिया