
नुवाकोट । तारकेश्वर गाउँपालिकामा रहेका शैक्षिक सँस्थाहरु आइतबार पनि पूर्ववत रुपमा सञ्चालन हुने भएको छ ।
तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरूलाई आज चार बुँदे निर्देशन दिदै इन्धन अभावको कारण देखाई संघीय सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएको सन्दर्भमा ‘इन्धन अभावको प्रभाव प्रत्यक्ष नपर्ने’ विश्लेषण सहित तारकेश्वर गाउँपालिका भित्रका विद्यालयहरु आइतबार पनि सञ्चालन गर्न भनिएको हो ।
अध्यक्ष अधिकारीले दिएको निर्देशन अनुसार संघीय सरकारले भर्ना अभियान र पठनपाठन सञ्चालनको लागी तोकिएको मिति बैशाख २१ भएपनि तारकेश्वरमा बैशाख २ गतेदेखि विद्यालय सुरु गर्न भनिएको छ । बैशाख २ मा नै विद्यालय सुचारु गर्ने भएपनि अध्यापन नभई अतिरिक्त गतिविधिहरु सञ्चालन गर्नको लागी अध्यक्ष अधिकारीले निर्देशन दिनुभएको हो ।
वैशाख २ गतेदेखि १५ गतेसम्म गाउँपालिकाभित्रका सबै विद्यालयले विद्यार्थीहरूका लागि यसअघि महिनामा एक दिन सञ्चालन हुँदै आएको ‘बुक फ्री डे’ मा सञ्चालन हुने कार्यक्रमहरूका साथै अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन अध्यक्ष अधिकारीले दिएको निर्देशनमा भनिएको छ ।
नयाँ शैक्षिक सत्रको वार्षिक शैक्षिक कार्यक्रमसहितको शैक्षिक क्यालेण्डर तयार भइसकेको अवस्थामा संघीय सरकारबाट सातामा दुई दिन बिदा दिने र वैशाख २१ गतेपछि मात्रै कक्षा सञ्चालन गर्ने नीति अख्तियार भएको सन्दर्भमा तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरूका लागि निम्नलिखित बुँदाहरूमा निर्देशन दिनुभएको हो । अध्यक्ष अधिकारीले दिनुभएको चार बुँदे निर्णयहरु निम्न अनुसार रहेको छ ।
१. पूर्वनिर्धारित तालिका अनुसार वैशाख २ गतेदेखि भर्ना कार्यक्रम सञ्चालन हुनुपर्नेमा संघीय सरकारको नीति अनुरुप वैशाख १५ गतेपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन हुने भएकाले वैशाख २ गतेदेखि १५ गतेसम्म गाउँपालिकाभित्रका सबै विद्यालयले विद्यार्थीहरूका लागि यसअघि महिनामा एक दिन सञ्चालन हुँदै आएको ‘बुक फ्री डे’मा सञ्चालन हुने कार्यक्रमहरूका साथै अतिरिक्त क्रियाकलापहरू, मनोरञ्जन र मनोपरामर्शका कार्यक्रमहरू, सीप विकासका कार्यक्रमहरू र योग ध्यानका कार्यक्रमहरू सञ्चालन गर्ने ।
18.12¡ÆC