तारकेश्वरका किसानलाई हाते ट्याक्टर प्रदान

चैत्र १६, २०८२ मा प्रकाशित | 185 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम आलु बालीको नयाँ पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत किसानलाई ३ दिने स्थलगत तालिम सहित कृषि सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नं वडा नं १ स्थित दाङसिङ नमुना कृषि बहुउद्देश्यीय सहकारी संस्था लि. सँगको सहकार्यमा सञ्चालित कार्यक्रमकोसमापन सत्रमा सहभागी हुँदै गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले तालिममा सहभागी ४० मध्ये १७ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा अध्यक्ष अधिकारीले कृषि मार्त नै गाँउको अर्थतन्त्रको मेरुदण्ड भएकोमा जोड दिँदै तालिम, परामर्श, प्रविधि र उन्नत औजारको प्रयोगबाट कृषिको आधुनिकीकरण गर्दै कृषिलाई सहज र व्यावसायिक बनाउने अभियान गाउँपालिकाले सञ्चालन गर्दै आएको बताउनुभयो ।

कठोर परिश्रम र कम उत्पादनका कारण परम्परागत कृषिकर्ममा युवा पुस्ताको आकर्षण घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष अधिकारीले कृषिलाई परम्परागत निर्वाहमुखी पेसा मात्र नभई उत्पादनमुखी र नाफामुखी व्यवसायका रूपमा विकास गर्नका लागि स्थानीय सरकारले पकेट क्षेत्रको अवधारणा अघि बढाएको उहाँले बताउनुभयो ।

व्यावसायिक कृषिको विकासका लागि स्थानीय सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको अध्यक्ष अधिकारीले विश्वास दिलाउनुभयो ।
उहाँले देश विदेशमा रहेका तारकेश्वरका युवाहरूलाई नयाँ योजना र अवधारणा सहित कृषि व्यवसायमा फर्किन पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web