आज मन्त्रिपरिषद्को बैठक बस्दै

चैत्र १६, २०८२ मा प्रकाशित | 88 views


काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक दिउँसो ४ बजे सिंहदरबारमा आह्वान गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएपछि आज दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

शाहले शुक्रबार पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले नवयुवा आन्दोलनमा भएका घटना सम्बधी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने तथा शासकीय सुधार सम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको थियो ।

ती कार्यसूचीको विवरण अस्ति शनिवार सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web