पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

चैत्र १४, २०८२ मा प्रकाशित | 110 views


काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उहाँलाई आज बिहान भक्तपुरको कटुञ्जेमा रहेको उहाँकै निवासबाट पक्राउ गरिएको थियो ।

नेता लेखकलाई २ नं गण महाराजगञ्जमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । नवयुवा आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका सिलसिलामा उहाँलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

नवयुवा आन्दोलनका क्रममा निजी निवास आगजनीबाट क्षतिग्रस्त भएपछि उहाँ सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा रहेको भाडाको घरमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web