
काठमाडौँ । आउँदो आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट समपूरक र विशेष अनुदान लिन प्रदेश र पालिकाबाट झन्डै ३ हजार ५०० आयोजना प्रस्ताव परेको छ ।
राष्ट्रिय योजना आयोगकाअनुसार पालिकाबाट ३ हजार ३५८ र प्रदेशबाट १४० आयोजना तथा कार्यक्रमको प्रस्ताव परेको हो । आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलकाअनुसार अहिले प्राप्त योजना तथा कार्यक्रमको लागत अनुमान, विश्लेषण र छनोट भइरहेको छ । बजेट सिलिङ र प्राप्त आयोजनाहरूको आवश्यकता, कार्यान्वयन पूर्वतयारी तथा आवश्यक कागजातलगायतका विवरण अध्ययन भइरहेको उहाँको भनाइ छ ।
आयोगकाअनुसार आउँदो आर्थिक वर्षका लागि २ हजार ८२० नयाँ र ६७८ वटा क्रमागत योजना तथा कार्यक्रमको प्रस्ताव परेको छ । नयाँ आयोजनातर्फ विशेष अनुदानका लागि १ हजार ४६४ र समपूरक अनुदानका लागि १ हजार ३५६ वटा प्रस्ताव परेका छन् । क्रमागत आयोजनातर्फ विशेषमा २२० र समपूरकमा ४५८ आयोजनाको प्रस्ताव परेको आयोगले जनाएको छ ।
15.12¡ÆC