नुवाकोट–१ मा रास्वपाका डा.विक्रम तिमिल्सिना निर्वाचित

फाल्गुन २५, २०८२ मा प्रकाशित | 614 views


त्रिशूली । नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.विक्रम तिमिल्सिना बिजयी हुनुभएको छ ।

आइतबार राती सम्पन्न अन्तिम मत परिणाम अनुसार रास्वपाका तिमिल्सिना २२ हजार ६०९ मत ल्याएर बिजयी भएको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिनुभयो । उहाँको अनुसार नेपाली काँग्रेसका उम्मेदवार डा.प्रकाशशरण महतले १८ हजार ५९७ मत ल्याउनुभयो ।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३७७ मत, नेकपा (एमाले)का उम्मेदवार बद्री मैनालीले आठ हजार ९३२ मत र उज्यालो नेपाल पार्टीका उम्मेदवार अमित तामाङले दुई हजार ६३ मत ल्याउनुभयो ।

नुवाकोट–१ मा अठारजना उम्मेदवार रहेका मध्ये बाँकी सबैले एक हजार भन्दाकम मत ल्याएका छन् । राप्रपाका बिमला थापा ७५६ मत, श्रम सँस्कृति पार्टीका दावा फेन्जु लामा २८८ मत, मंगोल नेशनल अर्गनाइजेशनका कुमार राना मगर १५९ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महेन्द्र तामाङ १५६ मत र प्रगतिशील लोकतान्त्रिक पार्टीका राजन गौतमले ८८ मत ल्याउनुभयो ।

यस्तै, नेपाल मजदुर किसान पार्टीका रबिन्द्र डंगोल ५० मत, जनता समाजवादी पार्टीका होमबहादुर राईले २४ मत र मितेरी पार्टी नेपालका बिवेक सिलवालले ६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत प्रमोद रिजालले जानकारी दिनुभयो ।

यस्तै, स्वतन्त्र उम्मेदवारहरु संजिव गुरुङ ६३ मत, राजु थापा ४९ मत र चेपे तामाङले १४ मत ल्याउनुभयो ।

नुवाकोट निर्वाचन क्षेत्र नं २ मा यसअघि नै रास्वपाका उम्मेदवार डा.अचुतम लामिछाने निर्वाचित हुनुभएको छ । यो सगैँ नुवाकोटको दुवै क्षेत्रमा रास्वपाको उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web