
उत्तरगया । रसुवामा नेकपा एमाले समर्थित कार्यनेता कार्यकर्ताहरु भ्रामक सूचना बाहिर ल्याएर मतदातालाई प्रभावित बनाउन सक्रिय देखिएका छन् ।
गएराती उत्तरगया गाउँपालिकाको वडा नं ३ मा पहिरेगाँउमा नेपाली काँग्रेसको घरमा घेरा हाल्दै पैसा वितरण गरिरहेको भन्दै जारी गरेको विज्ञप्ती र निर्वाचनको लागी तयारीमा लागेको सरकारी निकायको टिमलाई अनावश्यक दुःख दिएको पाइएको हो ।
पहिरेगाउँ निवासी नेपाली काँगेसका नेता सन्तबहादुर गुरुङको घरबाट रकम बाढिएको भन्दै एमाले समर्थित कार्यकर्ताहरुले उक्त घरमा रहेका महिलाहरुलाई आतंकित बनाई भ्रामक सूचना दिई निर्वाचन अधिकृतको कार्यालय रसुवा सहित प्रशासन र सुरक्षा निकायलाई अनावश्यक दुःख दिएको हो ।
सन्तबहादुर गुरुङ जिल्ला समन्वय समिति सदस्य सबिता गुरुङको श्रीमान हुनुहुन्छ । सन्तबहादुर घरमा नभएको समय बनाई एमालेका सयौँ सङ्ख्यामा भेला भएका नेता कार्यकर्ताहरुबाट उनको घर नियन्त्रणमा लिई मतदातालाई पैसा बाढिरहेको भन्दै बाहिर ल्याएको सूचना गलत भएको पुष्टि भएको हो ।
मतादतालाई गलत सूचना प्रवाह गर्दै मौन अवधिमा ठूलो समूहमा भेला भएका एमाले समर्थित जिल्लास्तरका नेता कार्यकर्ताहरुले निर्वाचनको सुरक्षामा समेत प्रतिकुल प्रभाव बनाउने प्रयास गरेको पाइएको छ ।
एमालेको माग अनुसार जिल्ला स्थित निर्वाचन अधिकृतको कार्यालयको प्रतिनिधि सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबाट सन्तबहादुर गुरुङको घरमा छापा मार्दा कहीँकतै शंकास्पद गतिविधि नभेटिएपछि भ्रामक सूचना दिएर निर्वाचनको माहोललाई नै प्रभावित बनाउन खोजेको पाइएपछि मतदातालाई सजग हुनको लागी नेपाली काँग्रेस रसुवाले अनुरोध गरेको छ ।
काँग्रेसका उम्मेदवार मोहन आचार्यले मतदातालाई स्वच्छ, निश्पक्ष एंव स्वतन्त्र रुपमा मतदानमा सहभागी हुनको लागी निर्वाचन अधिकृतको कार्यालय र प्रशासनबाट मिलाइएको वातावरणको स्वागत गर्दै भ्रामक सूचनाको पछि नलाग्न रसुवाबासी मतदातालाई भन्नुभएको छ ।
नेपाली काँग्रेसले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने, अहिलको मौन अवधिमा थप सजग एंव सावधानी अपनाउने भएको हुदाँ कहीकतै कोही कसैले निर्वाचनको माहोललाई प्रभावित बनाउन खोज्नेलाई तत्कालै सुरक्षा निकाय वा निर्वाचन अधिकृतको कार्यालयमा जानकारी दिनको लागी उम्मेदवार मोहन आचार्यले भन्नुभएको छ ।
यही फागुन २१ मा हुने निर्वाचनको लागी रसुवामा अहिलेसम्म चुनावी तयारी सन्तोषजनक रहेकाले सम्पूर्ण मतदातालाई सुझबुझ पूर्ण रुपमा राम्रो व्यक्तिलाई जिताउने गरेर निर्णय लिनको लागी मतदातालाई उहाँले अपिल गर्नुभएको हो ।
18.12¡ÆC