
नुवाकोट । जिल्ला निर्वाचन कार्यालय नुवाकोटद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लक्षित मतदाता शिक्षा एवं निर्वाचन प्रचार–प्रसार सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम विदुरमा सम्पन्न भएको छ ।
जिल्लास्थित क्रियाशील सञ्चारकर्मीहरूसँग आयोजित कार्यक्रममा निर्वाचन आचारसंहिता, मतदाता सचेतना, निष्पक्ष सूचना प्रवाह तथा सञ्चारमाध्यमको भूमिकाबारे कार्यालय प्रमुख होमबहादुर थापामगरले प्रस्तुतीकरण गर्नुभएको थियो। त्यसपश्चात सहभागीहरूबीच विस्तृत छलफल समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत कोमलप्रसाद आचार्य, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी, जिल्ला अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख कमलप्रसाद भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई लगायतले सञ्चारकर्मीका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।
18.12¡ÆC