
नुवाकोट । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ मा हुन लागिरहेको निर्वाचनमा ‘निर्वाचन प्रहरी’को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
नुवाकोटमा निर्वाचन सुरक्षा एवम् निर्वाचन आचारसंहिता कार्यान्वयनको अबस्था बुझ्न शनिबार याहाँ आउनुभएका अर्यालले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन निर्वाचन प्रहरीको भूमिका प्रमुख सुरक्षा निकाय सरह रहने बताउनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटमा चलिरहेको निर्वाचन प्रहरीको तालिम अवलोकन पश्चात उहाँले भन्नुभयो “स्वंयम सेवकको रुपमा हुने जिम्मेवारी भएपनि निर्वाचन प्रहरीको व्यबहार, कार्यशैली र आचरणबाट मतदातालाई संयमित र जिम्मेवार बनाउन सहयोग पुग्दछ ।”
निर्वाचन प्रहरीको कार्यशैली असल भएमा स्वच्छ वातावरणमा निश्पक्ष रुपमा निर्वाचन गराउन सहयोग पुग्ने भएकाले जिम्मेवार भई उच्च मनोबलको साथ सेवा पु-याउन गृहमन्त्री अर्यालले निर्देशन दिनुभयो ।
तालिम अवलोकनको क्रममा गृहसचिव राजकुमार श्रेष्ठले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीलाई ऐतिहासिक अवसरको रुपमा लिन निर्वाचन प्रहरीलाई आग्रह गुर्नभयो ।
निर्वाचनमा सबैभन्दा अग्रपक्तिमा रहेर मतदाताको लाइन व्यवस्थापनमा सहयोग पु-याउने सहित तोकिएका थप जिम्मेवारी पूरा गर्ने क्रममा दबाब र प्रभावमा नपरी सांगठानिक अनुशासन कायम राख्न उहाँले स्मरण गराउनुभयो ।
सरकारले निर्वाचन प्रहरीलाई नेपाल प्रहरी सरह सेवा र सुविधा उपलब्ध गराई चालिस कार्यदिनका लागी यही साता नियुक्ती दिएर तालिम सञ्चालन गर्दै आएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी नेपाल प्रहरीले देशभर एक लाख ३३ हजार भन्दाबढी र सशस्त्र प्रहरी बलले करीब १५ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ ।
16.12¡ÆC