बट्टारमा जिल्लामै पहिलो अत्याधुनिक ‘सौन्दर्य ब्युटि एण्ड स्किन केयर’ सञ्चालनमा

माघ २४, २०८२ मा प्रकाशित | 183 views


नुवाकोट । नुवाकोटको बट्टार बजारमा जिल्लामै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न र आधुनिक डिजाईनमा तयार गरिएको ब्युटि तथा स्किन केयर सम्बन्धी केन्द्र ‘सौन्दर्य ब्युटि एण्ड स्किन केयर’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। सौन्दर्य सेवाको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको यो केन्द्र नुवाकोटका लागि मात्र नभई समग्र नेपालको लागि नै नमूना मानिएको छ।

शोभा पोखरेल (अधिकारी)को नेतृत्वमा सञ्चालनमा आएको ‘सौन्दर्य ब्युटि एण्ड स्किन केयर’ ले अन्तर्राष्ट्रिय स्तरका आधुनिक उपकरण, सुरक्षित प्रविधि र दक्ष जनशक्तिको प्रयोगमार्फत सेवा प्रदान गर्ने जनाएको छ। बदलिँदो जीवनशैली, सौन्दर्यप्रति बढ्दो सचेतना र व्यावसायिक स्किन केयरको आवश्यकता महसुस गर्दै स्थानीय स्तरमै उच्चस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको सञ्चालक पोखरेलले बताउनुभयो।

उहाँका अनुसार, यस केन्द्रमा महिला र पुरुष दुवै वर्गलाई लक्षित गरी ब्युटि, हेयर, स्किन तथा पर्सनल केयरका विभिन्न सेवाहरू उपलब्ध गराइनेछ। फेसियल, स्किन ट्रीटमेन्ट, हेयर केयर, मेकअप, ग्रुमिङ, स्किन कन्सल्टेसनलगायतका सेवाहरू आधुनिक प्रविधि र स्वच्छ वातावरणमा प्रदान गरिनेछ। ग्राहकको छालाको प्रकार र आवश्यकताअनुसार व्यक्तिगत परामर्शसहित सेवा दिने व्यवस्थासमेत गरिएको छ।

स्थानीय बजारमै यस्तो स्तरको ब्युटि तथा स्किन केयर सेवा सुरु हुनु नुवाकोटवासीका लागि सुखद खबर भएको स्थानीय व्यवसायी तथा सेवाग्राहीहरूले प्रतिक्रिया दिएका छन्। यसअघि यस्ता सेवाका लागि काठमाडौँलगायत ठूला शहर धाउनुपर्ने बाध्यता रहेकोमा अब स्थानीयस्तरमै गुणस्तरीय सेवा पाउने अवसर सिर्जना भएको उनीहरूको भनाइ छ।

केन्द्रको उद्घाटन अवसरलाई लक्षित गर्दै यो महिनाभरि सबै सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। उद्घाटन अफरअन्तर्गत ग्राहकहरूले हरेक सेवामा छुटसहित सेवा लिन सक्ने सञ्चालक पक्षले जनाएको छ। यसले नयाँ ग्राहक आकर्षित गर्नुका साथै सौन्दर्य तथा स्किन केयरप्रति आम नागरिकलाई थप सचेत बनाउने अपेक्षा गरिएको छ।

‘सौन्दर्य ब्युटि एण्ड स्किन केयर’ ले सेवा गुणस्तर, सरसफाइ, ग्राहक सन्तुष्टि र पेशागत मर्यादालाई प्राथमिकतामा राख्दै दीर्घकालीन रूपमा सञ्चालन हुने प्रतिबद्धता जनाएको छ। स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै नुवाकोटको सेवा क्षेत्रको विकासमा योगदान पुर्‍याउने लक्ष्यसमेत केन्द्रले लिएको छ।

बट्टार बजारबाट सुरु भएको यो पहलले नुवाकोटलाई सौन्दर्य तथा स्किन केयर सेवाको नयाँ गन्तव्यका रूपमा चिनाउने विश्वास लिइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web