
नुवाकोट । आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको सुरक्षार्थ नुवाकोटमा आजदेखि एक हजार सैनिक परिचालन भएका छन् ।
श्री मध्य पृतना हेडक्वाटर, हेटौडा तथा श्री नं ६ बाहिनी अड्डा धादिङबाट प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२’ फौज परिचालन अप्रेशन निर्देशन अनुसार नुवाकोटमा एकहजार सैनिक परिचालन भएको हो ।
नुवाकोट जिल्लाको सुरक्षार्थ रहेको श्री शेर गणबाट ‘एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२’ अनुसार निर्वाचनको माहोल शान्तिपूर्ण बनाउन जिल्लामा जिल्ला सुरक्षा समितिको निर्णय मार्फत सैनिक परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उहाँको अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सैनिक गस्ती मार्फत सुरक्षा व्यवस्था मजबुद बनाउन थालिएको छ ।

निर्वाचन क्षेत्र अनुसार मतदान स्थलहरुको भौगोलिक विकटता, संवेदनशिलता साथै तत्कालिन रुपमा विकसित हुदैँ जाने विभिन्न घटनाक्रम तथा गतिविधिहरुको आकलन तथा मुल्याङ्कन गर्दै क्रमिक रुपमा जिल्लाभर एकसय पचास भन्दाबढी स्थानमा नेपाली सेना तैनाथ रहने जिल्ला सुरक्षा समिति नुवाकोटको रणनीति रहेको छ ।
श्री शेर गणका गणपती, प्रमुख सेनानी आविस्कार ढुङ्गानाको अनुसार नेपाली सेनाले अन्य सुरक्षा निकायसंग आवश्यक समन्वय गर्दै आम जनमानसमा सुरक्षाको प्रत्याभुति दिलाउन परिचालित भएको सैनिक फौज निर्वाचनको अन्तिम नतिजा प्रकाशित नहुँदासम्म निरन्तर कार्यक्षेत्रमा रहने छ ।
12.12¡ÆC