सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी विष्णुप्रसाद भट्ट

माघ २१, २०८२ मा प्रकाशित | 42 views


नुवाकोट । सशस्त्र प्रहरी बल (एपिएफ)को प्रवक्ताको जिम्मेवारी डीआईजी विष्णुप्रसाद भट्टले पाउनुभएको छ । आईजी राजु अर्यालले आजदेखि लागू हुने गरेर भट्टलाई सशस्त्रको प्रवक्ता तोक्नुभएको हो ।

यसअघिका प्रवक्ता तथा सूचना अधिकारी डीआईजी मनिष थापा सशस्त्र प्रहरी बलको नम्बर–१ बराह बाहिनीमा सरुवा हुनुभएको थियो ।

नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउ निवासी विष्णुप्रसाद भट्ट यसअघि सशस्त्र प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web