चीनतर्फका थप नाकालाई व्यवस्थित बनाउने सरकारको तयारी

माघ ५, २०८२ मा प्रकाशित | 110 views


काठमाडौँ । सरकारले चीनतर्फका थप नाका खुलाउने गरि गृहकार्य गरेको छ । कोरोला, किमाथाङ्कासहितका नाकाहरू खुलाउनका लागि गृहकार्य थालेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार तातोपानी र रसुवागढी नाकामा बर्खायाममा निकै समस्या आउन थालेपछि वैकल्पिक नाकाहरूमा संरचना तयार गरेर भन्सार विन्दुहरू विस्तार गर्ने काम भइरहेको हो ।

रसुवा नाका गएको असार २६ गतेको बाढीले बन्द भएको थियो । तातोपानीमा पनि पहिरो गएर बाटो अवरुद्ध हुँदा बर्खायाममा नियमित सञ्चालनमा आउन सकेन ।

वैकल्पिक रूपमा कोरोला नाका सञ्चालनमा ल्याइएको थियो । त्यहाँ कुनै क्वारेनटाइनहरू थिएन तर पनि नाकामा आसिकुडा सिस्टम लागू गराएर भन्सारबाट सामान जाँचपास हुने व्यवस्था मिलाइएको थियो ।

त्यति बेला जुत्ताचप्पलदेखि विद्युतीय गाडीहरू ठूलो परिणाममा कोरोला नाका हुँदै व्यवसायीहरूले भित्र्याएका थिए । कोरोला नाका हुँदै दुई हजारभन्दा धेरै विद्युतीय गाडी जाँचपास गरेर व्यवसायीहरूले भित्र्याएका थिए । एक सय १७ वटा कन्टेनरबाट १९ करोड रुपैयाँ बराबरको निकासी भएको थियो ।

दशैँ लक्षित समानहरू ल्याउन महत्त्वपूर्ण बनेको कोरोला नाकामा थप सुविधा सम्पन्न पूर्वाधारहरू बनाएर सञ्चालनमा ल्याउन लागिएको हो । ओलाङचुङगोला, किमाथाङ्का लगायतका नाकाहरूका चीनतर्फ सडक पूर्वाधारहरू बनिसकेका छन् । नेपालतर्फ त्यस्ता पूर्वाधार बनाएर सञ्चालनमा ल्याउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web