उम्मेदवार बन्नको लागि मन्त्री बब्लु गुप्ताद्वारा राजीनामा

माघ ५, २०८२ मा प्रकाशित | 99 views


काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको र आज बिदा परेकाले भोलि मात्रै राजीनामा पत्र दर्ता हुने उहाँले बताउनुभएको छ ।

उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिराहा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ । अहिले उहाँ रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगै जनकपुरको चुनावी अभियानमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web