कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त, रास्वपासँगको एकता भाँडियो

पुस २६, २०८२ मा प्रकाशित
Published at पुस २६, २०८२

157 views

काठमाडौँ । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालसँगको एकता भाँडिएपछि उज्यालो नेपाल पार्टीले घिसिङलाई अध्यक्षमा नियुक्त गरेको पार्टी प्रवक्ता डा.राजु थापाले जानकारी दिनुभयो ।

उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्षमा अनुप उपाध्याय हुनुहुन्छ । घिसिङ रास्वपाको उपसभापति बन्ने गरी पुस १४ गते सहमति भए पनि उहाँले सहमति विपरीत माग राखेपछि एकता टरेको रास्वपाको दाबी छ । घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच हिजो र आज छलफल भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web