५ महिनामा ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

पुस २५, २०८२ मा प्रकाशित
Published at पुस २५, २०८२

161 views

काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिनामै ८ खर्ब ७० अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार पाँच महिना अर्थात् साउनदेखि मङ्सिरसम्म ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यो गएको वर्षको यही अवधिको तुलनामा ३५ दशमलव ६ प्रतिशतले धेरै हो । राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामै मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षको यही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

यस्तै पाँच महिनामा वैदेशिक रोजगारीका लागि १ लाख ७५ हजार ५ सय ९१ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ६३ हजार ९ सय २४ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको यही अवधिमा १ लाख ९० हजार ३ सय ८४ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ३५ हजार ४ सय २५ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web