
मकवानपुर । बागमती प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ ।
निर्वाचन व्यवस्थापनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने आज उक्त कार्यालयको औपचारिक उद्घाटनसमेत गरिएको छ ।
देशभर १८ पदका लागि हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट दुई सिट रिक्त हुँदै छन् । महिला कोटातर्फ गङ्गा कुमारी बेलबासे र पुरुषतर्फ डा। बेदुराम भुसालको कार्यकाल आगामी फागुनमा सकिँदै छ ।
निर्वाचन आयोगको तालिकाअनुसार पुस २३ गते उम्मेदवारी दर्ता हुने छ ।
बागमती प्रदेशका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडा उपमहानगरपालिका–४ निर्वाचन कार्यालयमा राखिएको छ ।
भने निर्वाचन स्थल हेटौडा ४ स्थित श्री भुटनदेवी माध्यमिक प्राविधिक विद्यालयमा तोकिएको छ ।
13.41C