सुनको भाउ तोलाको २ लाख ७० हजार नाघ्यो

पुस १३, २०८२ मा प्रकाशित
Published at पुस १३, २०८२

109 views

काठमाडौँ । सुनचाँदीको भाउले आज पनि कीर्तिमान कायम गरेको छ । सुनको भाउ आज एकैदिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार पनि सुनको भाउले कीर्तिमान बनाउँदै तोलाको २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा २ सय ७० रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति शुक्रबार पनि चाँदीको भाउले कीर्तिमान बनाउँदै तोलाको ४ हजार ५ सय ६५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web