
नुवाकोट । ‘खरानीटार खानेपानी बृहत्त योजना’ अन्तरगत निर्माणाधीन रहेको खानेपानी योजना मार्फत खरानीटारमा पानी आइपुगेको छ । पाइप विस्तार कार्य अन्तिम चरणमा पुगेसगैँ बहुचर्चित योजनाको रुपमा रहेको आयोजनाको पानी उपभोक्ता लाभग्राहीको बस्ती खरानीटामा आइपुगेको हो ।
तादी गाउँपालिका–३ स्थित खरानीटारका तीनसय भन्दाबढी घरपरिवारका दुई हजार नागरिकलाई स्वच्छ पिउने पानी खुवाउन निर्माण थालिएको खानेपानी योजनाको कार्य तिव्रता गतिमा निर्माण जारी राख्दै पानी खरानीटारमा आएसगैँ स्थानीय उपभोक्ता लाभग्राही उत्साहित भएका छन् । विभिन्न बाधा अबरोध, राजनीतिक पूर्वाग्राहीका बीच योजना सम्पन्न भएसगैँ उपभोक्ता खुसी देखिएका छन् ।
तादी गाउँपालिका–१ स्थित ओख्रेको मुहानबाट पानी ल्याएर तादी–३ खरानीटारका बासिन्दालाई खुवाउन ‘खरानीटार खानेपानी बृहत्त योजना’को दोश्रो चरणको काम अन्तरगत पानी ल्याउन सफल भएको उपभोक्ता राजकिशोर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार उपभोक्ता समिति मार्फत पाइप विस्तार सहित दोर्खुखोलामा क्रसपाइप राख्ने चुनौतीपूर्ण कार्य सम्पन्न पश्चात निर्माण व्यावसायी मार्फत पाइप ७.४ किलोमिटर पाइप विस्तार गरेर ओख्रे मुहानको स्वच्छ पानी खरानीटार बजारमा आइपुगेको हो ।
९० एम.एम.को पाइप जमिनमुनी पुरेर योजना सञ्चालनको लागी सुगम कन्स्ट्रकक्सन मार्फत पाइप विस्तार सम्पन्न गर्दै खरानीटारमा पानी आइपुगेको हो ।
यसअघि उपभोक्ता समिति मार्फत तीन हजार १४० मिटर पाइप विस्तार गरिएकोमा त्यसपश्चात थप पाइप लाइन निर्माणको काम निर्माण व्यावसायी मार्फत सम्पन्न गरिएको हो । उक्त खानेपानी योजना विस्तारका क्रममा दोर्खुखोलामा २४० मि.लम्बाईको ओभरहेड क्रस पाइपलाइन निर्माण गर्नु चुनौती र काबुबाहिरको परिस्थितीको सामना गर्दै सफल भएसगैँ योजनाको सफलतालाई निकै महत्वको रुपमा लिइएका उपभोक्ता रोशन श्रेष्ठले बताउनुभयो ।
उपभोक्ता समितिका सचिव सागर तिवारीको अनुसार उक्त कार्यको लागी तादी गाँउपालिकाको आन्तरिक श्रोत अन्तरगत ४० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । खानेपानी योजनाका लागी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ, उपाध्यक्ष सञ्जु प्याकुरेल, १ नं वडाध्यक्ष नकुर दोङ, ३ नं अध्यक्ष सोनाम तामाङ सहित विगत र वर्तमानमा रहनुभएका गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, सहित तादी गाउँपालिकाको जनप्रतिनिधि एंव कर्मचारी सहित सरोकारवाला पक्षहरुको सकारात्मक भूमिका र निरन्तरको सहयोगले योजना सफलताका साथ सम्पन्नतर्फ अघि बढेको हो ।
यस्तै, पानीको मुहानका लागी जग्गा सट्टापट्टा गरेर निःशुल्क जग्गा उपलब्ध गराउने कार्य खरानीटार निवासी समाजसेवी राजिव श्रेष्ठको योगदान रहेको छ । उक्त मुहानका लागी उहाँले आफ्नो चार आना सट्टा जग्गा दिएर मुहान भएको खेत समितिको नाममा उपलब्ध गराउनुभएको हो ।
खरानीटारसम्म पानी आइपुगेसगैँ अब तेश्रो चरणको काम अन्तरगत पान वितरणको लागी ट्याङ्की निर्माण गरेर उपभोक्ताको घरघरमा स्वच्छ पिउने पानी पुर्याउने कार्य थालिने छ । उक्त कार्य अब केही दिनमा नै सुरु हुने भएकाले योजना सम्पन्न हुन धेरै समय कुर्न नपर्ने भएको छ । उपभोक्ता जितबहादुर श्रेष्ठका अनुसार योजना कार्यान्वयनका लागी बजेट उपलब्ध गराउने तीनतहमा सरकार, प्राप्त बजेट अनुसार गुणस्तरीय कार्य गर्ने उपभोक्ता समिति र निर्माण व्यावसायी सहित निरन्तर श्रमदान गर्ने लाभान्वित उपभोक्ताको संघर्ष र मिहेनत अतुलनीय रहेको छ ।
18.12¡ÆC