क्रिसमसको अवसरमा नयाँ दर्शन मण्डलीमा साँस्कृतिक कार्यक्रम, उत्कृष्ट विद्यार्थीलाई सम्मान

पुस १०, २०८२ मा प्रकाशित | 350 views

क्रिसमसको अवसरमा नयाँ दर्शन मण्डलीमा साँस्कृतिक कार्यक्रम, उत्कृष्ट विद्यार्थीलाई सम्मान

नुवाकोट । क्रिष्चियन धर्मालम्वीहरुको प्रमुख पर्व क्रिसमसको अवसरमा विदुर नगरपालिका वडा नम्बर ६ इनारपाटीमा रहेको नयाँ दर्शन मण्डलीमा साँस्कृतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान गरेको छ ।

मण्डलीमा आबद्ध विद्यार्थीलाई अध्ययनमा थप प्रोत्साहन जगाउने उदेश्यले क्रिसमस पर्वको अबसरमा मण्डली परिवारको तर्फबाट माध्यमिक शिक्षा परीक्षा, कक्षा १० अर्थात एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरिएको नयाँ दर्शन मण्डलीका अध्यक्ष केसब कुमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मण्डलीका बालबालिकालाई विभिन्न विधामा गरिएको प्रतियोगिताको प्रथम, दितिय र तृतीयलाई पनि पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा मण्डलीको लागि जग्गा खरिदमा नगद सहयोग गरेकाहरूलाई पनि सम्मान गरिएको मण्डलीका सिनियर पास्टर लोकबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web