अध्यक्ष अधिकारीको निर्देशनमा ६ नं का पसलमा छड्के, म्याद गुज्रेका सामाग्रि पाइएन

पुस ७, २०८२ मा प्रकाशित | 608 views


नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’को निर्देशनमा गाउँपालिकाका कर्मचारी सहित गाउँ प्रहरीको टोलीले आज वडा नं ६ मा सञ्चालित विभिन्न पसलहरूको छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका र बिग्रिएका अर्थात अखाद्य भएका खाद्य सामाग्रिहरु ज्यादै न्यून (शून्यता उन्मुख) पाइएको छ ।

अध्यक्ष अधिकारीले अखाद्य पदार्थको बिक्री वितरणको अवस्थामा आएको व्यापक सुधारका लागि व्यापारी व्यवसायीप्रति आभार प्रकट गर्दै अनुगमनलाई आगामी दिनमा अझै थप निरन्तरता दिने बताउनुभयो ।

“विगतमा भारी मात्रामा म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ पाइने गरेकोमा अहिले यो दर निकै कम भएको पाइएको छ ।” उहाँले भन्नुभयो “ निरन्तरको अनुमगनले सुधार पाइएको छ ।

गएको दसैं लगायतको चाडपर्वको समयमा गरिएको अनुगमनमा अखाद्य वस्तु पाइने दर निकै कम भएको थियो । यो अबस्थामा अहिले थप निक सुरधा भएको पाइएको छ । अहिलेको अनुगमनमा धेरै सुधार भएको छ ।”

स्वच्छ र स्वस्थ खाद्य पदार्थ मात्र बिक्री वितरण वातावरण निश्चित गर्नको लागी निर्वाचित भएदेखि नै अध्यक्ष अधिकारीले चासो चिन्ता जनाउदै आउनुभएको छ । गाँउपालिकको सक्रियतामा नियमित रुपमा भइरहेको बजार अनुगमनको तथ्याङ्कमा बजार सञ्चालनको अबस्था क्रमशः धेरै सुधार हुदै आएको हो ।

गाउँपालिकाको तर्फबाट अध्यक्ष अधिकारीले बिचौलियाहसंग सामान खरिद नगर्न र गाउँपालिकामा सूचीकृत भएर मात्र व्यापार व्यावसाय सञ्चालन गर्न व्यावसायीलाई विषेश आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web