राष्ट्रपति रनिङ शिल्डमा ऐसेलुभुमे मावि प्रथम, सहभागी खेलाडीलाई सम्मान सहित प्रोत्साहन

मंसिर २८, २०८२ मा प्रकाशित | 758 views


काहुले । किस्पाङ गाउँपालिकाको आयोजनामा हालै सम्पन्न ‘छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता’मा सहभागी भएर पहिलो स्थान हासिल गर्ने खेलाडी (विद्यार्थी) सहित प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीलाई ऐसेलुभुमे माध्यमिक विद्यालयले सम्मान गरेको छ ।

विद्यालयमा आज आयोजित कार्यक्रममा रनिङ शिल्ड प्रतियोगितामा सहभागी ४२ जना सम्पूर्ण विद्यार्थीलाई सम्मान एंव प्रोत्साहन गरिएको हो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दराम न्यौपाने सहित पदाधिकारीहरु, विद्यालयका प्रधानध्यापक पवनकुमार पौडेल सहित शिक्षकहरु, स्थानीय शिक्षाप्रेमी, समाजसेवीको उपस्थितीमा आयोजित खेलाडी (विद्यार्थी) सम्मान कार्यक्रममा रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई सम्मान सहित शैक्षिक सामाग्रि प्रदान गरिएको हो । खेल प्रशिक्षक शिक्षक सहित विद्यालयका शिक्षकहरुलाई पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको भन्दै सम्मान गरिएको छ ।

रनिङ शिल्ड प्रतियोगितामा ऐसेलु भुमे माविबाट २५ जना छात्र र १७ जना छात्राहरुले प्रतिस्पर्धाको लागी सहभागिता जनाएका थिए । २२ स्वर्ण पदकको लागी गरिएको प्रतिस्पर्धामा ऐसेलुभुमे माविले सात स्वर्ण जितेको थियो । यस्तै, ५ रजत र ५ कास्य सहित १७ पदकको साथमा यो वर्षको किस्पाङ गाँउपालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ऐसेलुभुमे मावि पहिलो भएको थियो । प्रतियोगितामा पदक बिजेता सहित सहभागी विद्यार्थीहरुलाई विद्यालय सहित स्थानीय शिक्षाप्रेमीहरुले प्रोत्साहन स्वरुप नगद रुपैयाँ, शैक्षिक सामाग्रिहरु प्रदान गरेर सम्मान गरिएको हो ।

यही मंसिर २३ गतेदेखि सुरु भएर २६ गतेसम्म चलेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोश्रो भएको ज्ञानज्योति माविले ७ स्वर्ण ३ रजत र ५ कास्य र तेश्रो भएको जल्जुखोला माविले ५ स्वर्ण २ रजत र ४ काश्य पदक प्राप्त गरेको थियो ।

यस्तै, त्रिभुवन माविले २ स्वर्ण १ रजत र १ कास्य पदक, पाचौँ भएको पञ्चलिङ्गे माविले १ स्वर्ण ६ रजत र ५ कास्य पदक एंव अन्तिम स्थानमा रहेको साल्मे माविले ५ रजत र २ कास्य पदक हात पारेको थियो ।

हेर्नुहोस् तथ्याङ:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web