
विदुर । नेपाली काँग्रेस नुवाकोले आगामी निर्वाचनको लागी क्षेत्र नं १ बाट एकल उम्मेदवारको रुपमा डा.प्रकाशरण महत र क्षेत्र नं २ मा पहिलो नं मा बहादुरसिंह लामालाई सिफारिस गरेको छ । काँग्रेस नुवाकोटको शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले आगामी राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्यको उम्मेदवारको क्षेत्रीय कार्यसमितिबाट आएका नामावलीलाई अन्तिम रुप दिदै केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको जिल्ला सचिव श्रीराम श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँको अनुसार क्षेत्र नं १ मा आगामी प्रतिनिधिसभा सदस्यको लागी प्रत्यक्षतर्फ एकमात्र उम्मेदवारको नाम डा. महतलाई सिफारिस गरेको हो । उहाँ पाटीको केन्द्रीय प्रवक्ता पनि हुुनुहुन्छ । क्षेत्रीय कार्यसमितिको बिहीबारको बैठकले एकल उम्मेदवारको रुपमा उहाँको नाममात्र सिफारिस गरेसगैँ जिल्ला कार्यसमितिले पनि सोही निर्णय गरेको हो । प्रतिनिधिसभाको समानुपातिक तर्फ महेन्द्र थिङ, कबिराज गुरुङ, प्रकाश गौतम, भवानी देवकोटा, अन्जु आचार्य र कल्पना नेपालीको नाम सिफारिस गरेको छ । यस्तै, राष्ट्रिय सभाको उम्मेदवारको लागी रामकृष्ण थापा र भाग्यश्री लामालाई सिफारिस गरिएको हो ।

यस्तै, नुवाकोटको क्षेत्र नं २ मा प्रतिनिधिसभाको लागी प्रत्यक्षतर्फ पहिलो नं मा बहादुरसिंह लामाको नाम सिफारिस गरिएको छ । यस्तै, अन्य प्रस्ताव गरिएको नामावलीमा जगदिश्वर नरसिंङ के.सी, ध्रुवप्रसाद अधिकारी, चोकराज शाक्य, श्रीप्रसाद सापकोटा, बिन्दा आर्याल र नवराज पाण्डेको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको जिल्ला सचिव श्रीराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनको समानुपातिक उम्मेदवारतर्फ पहिलो नं मा अर्जुननरसिंह के.सीको नाम सिफारिस गरिएको छ ।
यस्तै, अन्य उम्मेदवारहरुमा जगतबहादुर तामाङ, रुक्मिणी सेढाई र गीता आमात्यलाई सिफारिस गरिएको छ । यस्तै, राष्ट्रिय सभा सदस्यको लागी नुवाकोटबाट श्रीराम श्रेष्ठ, राजु थापा र राज्यलक्ष्मी पाण्डेको नाम सिफारिस गरिएको छ ।
यस्तै, जिल्ला कार्यसमितिको बैठकले पाटीको क्रियाशिल सदस्यता वितरणमा देखिएका त्रुटी तथा उजुरीको सम्बन्धमा छानबिन गर्नको लागी राजकुमार भट्टराईको संयोजकत्वमा एक समिति पनि गठन गरिएको छ ।

यस्तै, गत भदौ २४ मा जेन्जी आन्दोलनको क्रममा अराजक गतिविधि सहित पाटी कार्यालयमा आगजनी गर्नेको प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि हालसम्म कुनै कारबाही नभएको भन्दै पुनः कारबाहीको पक्रिया अघि बढाउनको लागी अनुरोध गर्ने, क्षती पुगेको पाटी कार्यालय भवनको पुर्ननिर्माणको लागी क्रियाशिल सदस्यहरुसंग २० रुपैयाँको दरले सहयोग शुल्क संकलन गर्ने निर्णय गरेको छ ।
जिल्ला कार्यासमितिको बैठकमा सभापति रमेशकुमार महत सहित जिल्ला कार्यसमितिको पदाधिकारीहरु, क्षेत्रीय सभापतिहरु लगायतको उपस्थिती रहेको थियो ।
15.12¡ÆC