आगलागीका घटना बढेकाले सावधानी अपनाउन विपद् प्राधिकरणको आग्रह

मंसिर २६, २०८२ मा प्रकाशित | 222 views


काठमाडौँ । पछिल्लो एक महिनामा देशका विभिन्न ठाँउमा आगलागीका घटनामा परेर आठ जनाको ज्यान गएको छ, भने ५५ जना घाइते भएका छन् । पछिल्लो समय सुख्खा र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएकोले सुरक्षामा विशेष सर्तकता अपनाउन राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणले आज विशेष अनुरोधमार्फत् पछिल्लो समयमा विद्युट सट् भएर, खाना पकाउने ग्यास लिक भएर, घरमा खाना पकाउने क्रममा आगो नजिकै राखिएका प्रज्जवलनशिल पर्दाथ र फुस, खरले छाएका कच्ची घर र गोठमा आगलागी हुने सम्भावना धेरै भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।

यस्ता विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य र पुर्नलाभ सम्बन्धी कार्यमा सङ्घ, प्रदेश र पालिका तथा गैरसरकारी संघसस्था र नागरीक समाजले आ–आफ्नो क्षेत्रबाट पहल गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web