अध्यक्ष अधिकारीद्वारा नवज्योतीलाई साढे तीनलाख सहयोग घोषणा, बा र आमा समूहलाई पनि उपलब्ध गराउन निर्देशन

मंसिर २४, २०८२ मा प्रकाशित | 244 views


नुवाकोट । तारकेश्वर गाउँपालिका–५ कालीमाटीस्थित नवज्योति आधारभूत विद्यालयमा आयोजित ‘अध्यक्षसँग बा–आमा तथा छोराछोरी विशेष भेटघाट कार्यक्रम’मा गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले कूल रु ५ लाख ५० हजार बराबरको सहयोग घोषणा गर्नुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि रु १ लाख, विद्यार्थीहरूलाई सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक स्थलहरूको अध्ययन–अवलोकन गराउने उद्देश्यले भ्रमण कार्यक्रमका लागि रु ५० हजार र विद्यालय परिसरमा सुरक्षाका लागि घेरबार निर्माणमा रु २ लाख तत्काल उपलब्ध गराउने घोषणा गर्नुभएको हो।

त्यसैगरी, महिला तथा ज्येष्ठ नागरिक स्वावलम्बन कार्यक्रमअन्तर्गत कालीमाटी आमा समूहलाई रु १ लाख, छापदाङ आमा समूहलाई रु १ लाख र छापदाङ–कालीमाटी बा समूहलाई रु १ लाख सहयोग उपलब्ध गराउन एक साताभित्रै सम्बन्धित शाखासँग समन्वय गर्न ५ नम्बर वडालाई निर्देशन दिनुभएको छ।

अध्यक्ष अधिकारीले आफू निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रमा ‘नयाँ लहर’ सिर्जना गर्ने उद्देश्यले शिक्षक, विद्यार्थी तथा अभिभावकसँग नियमित संवाद गर्दै आएको बताउनुभयो। ‘शैक्षिक लहर, अभिभावक भेट्ने रहर’ भन्ने नारासहित सञ्चालन भइरहेको कार्यक्रममा सहभागी अभिभावकका गुनासा सुन्ने र समाधानमा जोड दिँदै कार्यक्रमलाई अझ प्रभावकारी रूपमा निरन्तर अघि बढाइने उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web