
नुवाकोट । पछिल्लो समयमा गीत संगीतमा मिठास आवाज र शब्दहरु दिएर दर्शक सामु परिचित हुँदै आएका गायक, गीतकार एवं मोडल अशोक बिष्टको ‘मिठो मिठो बोली’ बोलको नयाँ गित सार्वजनिक भएको छ । हाम्रो मौलिक कला, धर्म, संस्कृती, मेलापात, बेठि, चाडपर्व, रत्यौलि, ठट्यौलि अनि यसै भित्र लुकेर बसेको सबै जातजाति र धर्म भित्रको एक सुत्र मायां र प्रेमको कथा वस्तु समेटिएको मिठो मिठो बोली नामको लोक गीत शनिबार लिखु गाउँपालिकाको अध्यक्ष ध्रुर्व श्रेष्ठले सार्वजनिक गर्दै प्रिमियर शो प्रस्तुत गरिएको हो । उक्त गित गायक अशोक विष्टको आफ्नै युट्युव च्यानलबाट https://youtu.be/_ebCMUuPMTM?si=22a3HqbHrbfcZnnK प्रसारण गरिएको छ ।
उक्त गीतमा स्वर अशोक बिष्ट र अस्मिता न्यौपानेको रहेको छ भने संगीत बरिष्ठ संगीतकार सरोज प्याकुरेलले गर्नुभएको छ । गीतको एरेन्ज बरिष्ठ एरेन्जर मनोहर सुनामले गर्नु भएको छ भने रेकर्डिक मास्टरिङ भोला पौडेलले साउण्ड डिजाइन स्टुडियोमा गर्नु भएको हो ।
सुमधुर स्वरमा रहेको मिठोमिठो बोली उक्त गितमा गायक स्वंयम अशोक बिष्ट सहित पुनम दाहाल, लगायत क्षेत्रपाल माध्यमिक बिद्यालयका छात्रछात्रा विद्यार्थीहरुको अभिनय रहेको छ। । यस गीतको भिडियोको नृत्य निर्देशन क्षेत्रपाल माविमा अध्यापनरत शिक्षक कमला चुधाराले गर्नुभएको छ भने कोरियोग्राफी बरिष्ठ कोरियोग्राफर देवेन्द्र कुँवरले गर्नुभएको छ ।
यसगितमा केटा र केटी सिंगल भएकाले आफूलाई कोहीकसैसंग प्रभाव नभएकाको भाव प्रवाह गर्दै म त सिंगल छु मलाई के को डर भन्ने भाकामा तयार गरिएको छ ।
Lyrics:
केटि : मिठो मिठो बोलि बोल्छौ, कहाँ हो तिम्रो घर ?
चुच्चो चुच्चो नाक रैछ, के हो तिम्रो थर २
घुरी घुरी साइड हान्छौ छैन तिम्रो भर ।
म त सिङगल गर्ल मलाई के को डर ।
म त सिङगल गर्ल मलाई के को डर ।
म त सिङगल गर्ल मलाई के को डर डर डर
केटा : लजाई लजाई बोल्ने गर्छेउ, कहाँ हो तिम्रो घर ?
थेप्चो थेप्चो नाक रैछ, के हो तिम्रो थर । २
लुकि लुकि हेर्छेउ मलाई छैन तिम्रो भर ।
म त सिङगल बोइ मलाई के को डर ।
म त सिङगल बोइ मलाई के को डर ।
म त सिङगल बोइ मलाई के को डर डर डर ।
केटी : तमु सोनाम ग्याल्बो ल्होछार सङ्गै मनाउला ।
उभौली र उधौलिमा नाच्दै रमाउला ।
केटा : तमु सोनाम ग्याल्बो ल्होछार सङ्गै मनाउला ।
उभौली र उधौलिमा नाच्दै रमाउला ।
साकेलामा च्वाचेकाटी भोज लगाउला ।
थेप्चो चुच्चे नाक जोडि माँया साटौला ।
केटी : दुनियाले कुरा काट्लान छैन तिनको भर… ।
केटा : म त सिङगल बोई मलाई के को डर ।
केटी : म त सिङगल गर्ल मलाई के को डर ।
केटा : म त सिङगल बोई मलाई के को डर ।
म त सिङगल बोई मलाई के को डर डर डर ।
केटा : पारुहाङ र सुम्निमालाई हात जोडेर ।
शिबजी र पारवतीलाई ध्यान गरेर ।
केटी : पारुहाङ र सुम्निमालाई हात जोडेर ।
शिबजी र पारवतीलाई ध्यान गरेर ।
दशै तिहार औशी पुर्णे सङ्गै मनाउला ।
बेठी अनि रत्तौलिमा कुम जोडौला ।
केटा : दुनियाले कुरा काट्लान छैन तिनको भर ।
केटी : म त सिङगल गर्ल मलाई के को डर ।
केटा: म त सिङगल बोइ मलाई के को डर ।
केटी : म त सिङगल गर्ल मलाई के को डर ।
म त सिङगल गर्ल मलाई के को डर डर डर ।
केटा : लजाई लजाई बोल्ने गर्छेउ, कहाँ हो तिम्रो घर ?
थेप्चो थेप्चो नाक रैछ, के हो तिम्रो थर ।
लुकि लुकि हेर्छेउ मलाई छैन तिम्रो भर ।
म त सिङगल बोइ मलाई के को डर ।
म त सिङगल बोइ मलाई के को डर ।
म त सिङगल बोइ मलाई के को डर डर डर ।
केटी: मिठो मिठो बोलि बोल्छौ, कहाँ हो तिम्रो घर ?
चुच्चो चुच्चो नाक रैछ, के हो तिम्रो थर ।
घुरी घुरी साइड हान्छौ छैन तिम्रो भर ।
म त सिङगल गर्ल मलाई के को डर ।
म त सिङगल गर्ल मलाई के को डर ।
केटा : म त सिङगल बोई मलाई के को डर ।
केटी : म त सिङगल गर्ल मलाई के को डर ।
केटा : म त सिङगल बोइ मलाई के को डर डर डर ।
भाका / संगीत : सरोज प्याकुरेल
सब्द / स्वर : अशोक बिष्ट
संगीत व्यवस्थापन : मनोहर सोनमा
रेकर्डिङ / मास्टरिङ : भोला पौडेल
15.47¡ÆC