गीता जयन्ती पर्व विविध धार्मिक कार्यक्रम गरि मनाइँदै

मंसिर १५, २०८२ मा प्रकाशित | 209 views


काठमाडौँ । आज मोक्षदा एकादशीका अवसरमा वैदिक सनातन धर्मावलम्बीहरूले गीता जयन्ती पर्व देशभर विविध धार्मिक कार्यक्रम गरि मनाउँदैछन् ।

कुरुक्षेत्रमा कृष्णले अर्जुनलाई उपदेश दिएको दिनको सम्झनामा गीता पाठ, प्रवचन र जनजागरण कार्यक्रम आयोजना गरि आज विभिन्न कार्यक्रम मनाईन्छ । धर्मशास्त्रविद्हरूका अनुसार पाँच हजार वर्षअघि महाभारत युद्ध प्रारम्भ हुनु अघि कृष्णले अर्जुनलाई सुनाएको उपदेश नै भगवद्गीता हो ।

वेदका धेरै शाखा लोप भइसकेका कारण गीता ज्ञान संरक्षणका लागि यो पर्व मनाउने परम्परा बढाइएको आयोजक संस्थाहरूले बताएका छन् । विश्व हिन्दू महासङ्घलगायत संस्थाहरूले आज काठमाण्डौमा विशेष कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web