आज विश्व एड्स दिवस, नेपालमा ३४ हजारभन्दा धेरै एचआईभी संक्रमित

मंसिर १५, २०८२ मा प्रकाशित | 268 views


काठमाडौँ । आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित छन् ।

केन्द्रका अनुसार १ सय २७ जना गर्भवती महिला सङ्क्रमित भएको अनुमान गरिएको छ । दैनिक एक जनाको एचआइभीका कारण ज्यान जाने गरेको छ । सरकारी तथ्याङ्क अनुसार कूल सङ्क्रमितमध्ये १५ वर्षभन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् ।

१५ वर्षभन्दा माथिका एचआइभी सङ्क्रमित पुरुषको सङ्ख्या १९ हजार २ सय ७९ र १४ हजार जना महिला छन् । एक हजार ५८ जना एचआइभी संक्रमित बालबालिका छन् ।

असुरक्षित यौनसम्पर्क, एचआइभी सङ्क्रमित रगतको प्रयोग, रगतबाट बनेका पदार्थ तथा अङ्ग लिँदा, सुईको साझा प्रयोग, सङ्क्रमित आमाबाट बच्चामा एचआइभी सर्न सक्ने भएकाले सचेतना अपनाउन डाक्टरको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web