गलत सामग्री सम्प्रेषण गर्ने २५ वटा सञ्चारसंस्था कारबाहीमा

मंसिर १२, २०८२ मा प्रकाशित | 134 views


काठमाडौँ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्नेलाई कारबाही गरेको छ । काउन्सिलका अनुसार मिडिया अन्तर्गत आबद्ध भएका २५ वटा संस्थालाई आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन गरेकोमा कारबाही गर्दै अब त्यस्ता सामग्री सम्प्रेषण नगर्न/नगराउन निर्देशन एवम् सचेत गराइएको सहप्रवक्ता रामशरण बोहराले जानकारी दिनुभयो ।

काउन्सिलले मिडियाकै झल्को दिने तर दर्ता/अभिलेख नभएका १० वटालाई त्यस्ता सामग्री स्थगन गर्न र नियमानुसार दर्ता/अभिलेख गरी कानुन, आचारसंहिता एवम् पेसागत मूल्य मान्यता तथा आचरणको परिधिभित्र रही सामग्री सम्प्रेषण गर्न/गराउन निर्देशन एवम् सचेत गराएको जनाएको छ । काउन्सिलका अनुसार कुनै सम्पर्क ठेगाना नभएका १३ वटालाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार गरिएको छ ।

गलत, निराधार, भ्रमपूर्ण, अफवाहपूर्ण, गालीगलौजयुक्त, राष्ट्रियता र स्वाधिनता विरुद्ध सामाजिक सद्भाव खलल पार्ने, हिंसालाई बढावा दिने, उत्तेजक किसिमबाट अतिरञ्जित शीर्षक एवम् थम्बनेल बनाइ जनमानसमा भ्रम फैलाउने, उत्तेजित बनाउने, त्रसित पार्ने अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने कार्य प्रचलित कानुन एवम् पत्रकार आचारसंहिता विपरीत कार्य भएको काउन्सिलको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web