अध्यक्ष अधिकारीद्वारा बिपी स्मृति आविको आकस्मिक अनुगमन

मंसिर १०, २०८२ मा प्रकाशित | 161 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाका अध्यक्ष तथा गाउँ शिक्षा समितिका अध्यक्ष शिव अधिकारी (अविरल)को नेतृत्वमा वडा नं. २ स्थित बिपी स्मृति आविको आकस्मिक अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा अध्यक्ष अधिकारीले विद्यालयको भौतिक संरचना सुधारका लागि गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै विद्यालय वातावरणलाई सुरक्षित र उपयुक्त बनाउने दायित्वप्रति जोड दिनुभयो ।

अनुगमनको क्रममा उहाँले शैक्षिक तथा प्रशासनिक पक्षमा देखिएका केही कमजोरीहरू तत्काल सुधार गर्न निर्देशन दिँदै बालमैत्री र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न विद्यालय व्यवस्थापनलाई ध्यानाकर्षण गराउनुभयो ।

२०७२ सालको विनाशकारी भूकम्पपछि क्षतिग्रस्त भएको विद्यालयमा अध्यक्ष अधिकारीकै पहलमा स्विस नागरिक बर्नहार्ट बुलरको टोलीमार्फत घेराबारसहितको आधुनिक भवन निर्माण गरिएको छ । विभिन्न सरोकारवालाहरुको चासोका कारण विद्यालयको गुणस्तर पछिल्लो समयमा निकै सुधार हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web