बागमती प्रदेस अन्तरगतका अस्पतालमा त्रिशूली अस्पताल ‘दोश्रो स्थान’मा

मंसिर ३, २०८२ मा प्रकाशित | 453 views


नुवाकोट । स्वास्थ्य सेवा प्रवाहका सूचकमा बागमती प्रदेस अन्तरगतका स्वास्थ्य सँस्थामा नुवाकोटको त्रिशूली अस्पताल दोश्रो भएको छ ।

हालै हेटौडामा सम्पन्न भएको गत आर्थिक वर्ष २०८१/८२ को सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेसस्तरीय समीक्षा कार्यक्रममा गरिएको मूल्याङ्कनमा नुवाकोटको त्रिशूली अस्पताल दोश्रो भएको हो ।

विगतमा पनि प्रदेस र संघीय स्वास्थ्य मन्त्रालय अन्तरगका निकायले गर्ने विभिन्न विधाका सूचकमा उत्कृष्ट स्थान हासिल गर्दै आएको त्रिशूली अस्पतालले गत आर्थिक वर्षमा प्रवाह गरेको स्वास्थ्य सेवाको सूचकमा बागमती प्रदेस अन्तरगतका स्वास्थ्य सँस्था मध्येमा दोश्रो स्थानमा पर्न सफल भएको हो ।

त्रिशूली अस्पतालको सेवा प्रवाहलाई नियमित रुपमा उत्कृष्ट बनाउनको लागी अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष उपेन्द्र बुढाथोकी सहितको पदाधिकारी र अस्पतालको निर्देशक डा.राजेन्द्र लामा सहितको स्वास्थ्यकर्मी/कर्मचारीको भूमिका उल्लेख्यनीय रहेको छ ।

यस्तै, विभिन्न तहमा रहेका जनप्रतिधि, सरोकारवालाहरुको सकारात्मक सहयोगले त्रिशूली अस्पतालको सेवा प्रवाहलाई बागमती प्रदेसमा उत्कृष्ट सहित सबै वर्गको पहुँचको अस्पतालको रुपमा स्थापित गराउन सफल भएको छ । यसलाई आगामी दिनमा अझै थप उत्कृष्ट बनाउन लागिपर्ने अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले प्रतिबद्धता जनाउनुभएको छ ।

स्वास्थ्य सेवा प्रवाहका सूचकमा त्रिशूली अस्पताल बागमती प्रदेसको दोश्रो उत्कृष्ट अस्पतालको रुपमा ७०.७२ अंक प्राप्त गरेको छ ।

उत्कृष्ट दोश्रो भएसगैँ अस्पतालको निर्देशक डा. लामालाई बागमती प्रदेसका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, प्रदेस स्वास्थ्य मन्त्री किरण थापामगर, प्रदेस स्वास्थ्य सचिव डा.सुमित्रा गौतम र स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झा मार्फत प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web