चक्रेश्वर आविका विद्यार्थीलाई शैक्षिक र खेलकुदका सामाग्रि प्रदान, विद्यालयलाई पनि सहयोग

मंसिर १, २०८२ मा प्रकाशित | 257 views


नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं. ४ का वडासदस्य तथा समाजसेवी रामकाजी थापा (स्वर्णिम)को पहलमा विद्यार्थीलाई शैक्षिक एंव खेलकुदको सामाग्रि प्रदान गरिएको छ ।

विगत देखि नै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा सक्रिय रहनुभएका वडासदस्य एंव समाजसेवी थापाको पहलले चक्रेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक र खेलकुदको सामाग्रि उपलब्ध गराइएको हो । विद्यालयमा आयोजित एक कार्यक्रमको बीच बालकक्षा देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुको शैक्षिक एंव अतिरिक्त क्रियाकलापलाई सहयोग पुराउनको लागी सामाग्रि प्रदान गरिएको उहाँको भनाई छ ।

‘लक्ष्मी सपोर्ट फाउण्डेसन’संगको सहकार्यमा विद्यार्थीलाई सामाग्रि प्रदान सहित विद्यालयको कार्यालय कक्ष र बलाकक्षाममा कार्पेट, कुशन, भित्तेलेखन, गलैचा लगायतका सामाग्रीको समेत व्यवस्थापन गरिएको छ । यस्तै, विद्यालयको लागी स्पिकर पनि उपलब्ध गराइएको थियो ।

कार्यक्रममा सामाग्रि व्यवस्थापन एंव उपलब्ध गराउनको लागी पहल गर्नुहुने वडासदस्य थापा, सहयोगी सँस्था लक्ष्मी सपोर्ट फाउण्डेसनका प्रतिनिधि सहित विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी एंव अभिभावक लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web