
नुवाकोट । स्वास्थ्य कार्यालय नुवाकोटद्वारा कात्तिक २६ र २७ गते आयोजित वार्षिक समीक्षा कार्यक्रममा आ.व. २०८१/८२ का स्वास्थ्य सेवा सूचक तथा प्रस्तुतिकरण मूल्यांकनका आधारमा विदुर नगरपालिका नुवाकोट जिल्लामा प्रथम स्थान हासिल गर्न सफल भएको छ।
जिल्लामै उत्कृष्ट पालिकाको उपलब्धि हासिल गर्न विदुर नगरपालिका सफल हुनुमा स्वास्थ्य शाखाको नेतृत्वमा स्वास्थ्य संस्था, विद्यालय नर्स, तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूले देखाउनुभएको निरन्तर मेहनत र समर्पणको प्रतिफल भएको बताइएको छ।
स्वास्थ्य शाखाको तर्फबाट यस सफलतामा सहयोग पुर्याउनुभएको सबैप्रति धन्यवाद ज्ञापन गर्दै स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले नगर प्रमुख राजन श्रेष्ठ, उप-प्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्वास्थ्य संस्था व्यवस्थापन समिति पदाधिकारीहरू तथा सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका प्रतिहरू कृतज्ञता व्यक्त गर्नुभएको छ।
जिल्ला स्वास्थ्य सेवा मूल्यांकनमा विदुर नगरपालिकालाई प्रथम घोषणा गर्न भूमिका निर्वाह गर्नुभएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारी, मूल्यांकन समिति संयोजक अमृत महर्जन लगायत सम्पूर्ण टिमप्रति पनि उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ।
शाखा प्रमुख भण्डारीले आगामी दिनमा पनि विदुर नगरपालिकामा स्वास्थ्य सेवामा निरन्तर सुधार र उत्कृष्टताको परम्परा कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
7.12C