काभा महिला यू-१९ भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र कीर्गिस्तान खेल्दै

कार्तिक २३, २०८२ मा प्रकाशित
Published at कार्तिक २३, २०८२

36 views

काठमाडौँ । श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनसिपमा आज नेपाल र कीर्गिस्तान खेल्दैछन् ।

खेल नेपाली समयअनुसार दिउँसो ४ बजे शुरु हुनेछ । नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

यस्तै कीर्गिस्तानले पनि श्रीलङ्कालाई सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो । नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग हारेको थियो भने दोश्रो खेलमा श्रीलङ्कालाई र तेश्रो खेलमा माल्दिभ्सलाई हराएको थियो ।

यस्तै आजै तेश्रो स्थानका लागि दिउँसो २ बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.