हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित

कार्तिक २१, २०८२ मा प्रकाशित
Published at कार्तिक २१, २०८२

96 views

काठमाडौँ । हङकङमा आजदेखि शुरू भएको हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । अफगानिस्तानले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।

ओपनर सन्दीप जोराले अर्धशतक बनाएपनि नेपालले जित निकाल्न सकेन । अफगानिस्तानका फरमुल्ला र इजाज अहमद अहमदजाइले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो ।

अफगानिस्तानका करिम जनितले सर्वाधिक ३५ रन बनाए । नेपालका लागि रसिद खानले ४ विकेट लिए । प्रतियोगितामा १२ टोलीको सहभागिता छ । नेपालले समूह चरणको अन्तिम खेल भोलि दक्षिण अफ्रिकासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.