चन्द्रागिरी केबलकार शनिबारदेखि सञ्चालनमा आउने

कार्तिक १९, २०८२ मा प्रकाशित
Published at कार्तिक १९, २०८२

144 views

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको चन्द्रागिरी हिल्सको केबलकार सेवा आगामी शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

गत असोज महिनामा जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले केबलकार स्टेशन र अन्य संरचनामा तोडफोड गरेपछि सेवा स्थगित गरिएको थियो ।

मर्मत तथा परीक्षणका सबै प्रक्रिया पूरा भएपछि कम्पनीले शनिबारदेखि नियमित रूपमा सेवा सञ्चालन गर्ने तयारी गरेको हो । चन्द्रागिरी हिल्स लिमिटेडका अनुसार, केबलकारका सबै लाइन, केबिन र सुरक्षा प्रणालीको परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ ।

कम्पनीले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै आवश्यक प्राविधिक निरीक्षण र मर्मतपश्चात सेवा पुनः सुरु गर्न लागेको जनाएको छ ।

केबलकार सञ्चालनमा आएपछि राजधानी र आसपासका पर्यटकले फेरि चन्द्रागिरी हिल्स पुगेर हिमाल दर्शन, मनोरञ्जन र अवलोकनको आनन्द लिन सक्नेछन् ।

चन्द्रागिरी हिल्स देशकै प्रमुख पर्यटनस्थलमध्ये एक हो, जहाँ दैनिक हजारौँ आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.