चुनावका लागि ७९ प्रकारका सामग्री आवश्यक पर्ने

कार्तिक १८, २०८२ मा प्रकाशित
Published at कार्तिक १८, २०८२

176 views

काठमाडौँ । देशभर अहिले मतदाता नामावली सङ्कलनको काम भइरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार अहिले मतदाता नामावली सङ्कलनदेखि आवश्यक सामग्री खरिद र आचारसंहिता निर्माणसम्मका सबै तयारी अन्तिम चरणमा पुगेका छन् ।

आयोगले चुनावका लागि ७९ प्रकारका सामग्री आवश्यक पर्ने सूची बनाएको छ । त्यसमा मतपेटिका, औँलामा चिह्न लगाउने मार्कर पेन, स्वस्तिक चिन्ह छाप, स्ट्यम्प प्याड र स्ट्याम्प प्याड मसी, कागज, डटपेन, धागो, सियो, पिन, किला, स्टापलर, गम, लाहा, मैनबत्ती, ब्लेड, कार्बन पेपर, कैँची, फारमलगायतका सामग्री छन् ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आवश्यक पर्ने ७९ मध्ये १४ वटा सामग्री खुला प्रतिष्पर्धाबाट किन्ने तयारीमा रहेको बताउनुभयो । उहाँले मतपत्र छपाईका लागि आवश्यक पर्ने कागज र मतपेटिकाहरु आयोगसँग स्टक रहेकोले किन्नु नपर्ने समेत बताउनुभएको छ । अन्तरिम सरकारले आउँदो फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा चुनावको आवश्यक वातावरण बनाउन विभिन्न पक्षसँग वार्ता र छलफल तीब्र पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.