दोलखामा हिमपहिरो, सम्पर्कविहीन ४ जनाको खोजी चल्दै

कार्तिक १८, २०८२ मा प्रकाशित
Published at कार्तिक १८, २०८२

120 views

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ । उनीहरु विदेशी पर्यटक रहेका छन् ।

हिमपहिरोमा परी तीन जनाको ज्यान गएको र पाँच जना घाइते भएका छन् । एक विदेशी नागरिकसहित दुई जना नेपाली गाइडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।

आरोहण दलमा पाँच विदेशीसहित १५ जना रहेको भनिए पनि अहिलेसम्म १२ जना मात्रै रहेको विवरण छ । सम्पर्कविहीन आरोहीको खोजीका लागि हिजो हेलिकप्टर पठाए पनि मौसमका कारण रोल्वालिङ क्षेत्रमा अवतरण हुन नसकेको डीएसपी महतोले बताउनुभयो ।

केही दिनदेखि रोल्वालिङ उपत्यकामा हिमपात भएको थियो । आज मौसमको अवस्था हेरेर हेलिकोप्टर पठाउने तयारी भइहेको डिएसपी महतोले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.