एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने

कार्तिक १६, २०८२ मा प्रकाशित
Published at कार्तिक १६, २०८२

88 views

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन काठमाण्डौमा हुने भएको छ । भक्तपुरको गुण्डुमा अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको हो ।

यसअघि बसेको केन्द्रिय कमिटीको बैठकले ११औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले ठाउँ परिवर्तन गरी काठमाण्डौमा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

एमालेको महाधिवेशन मंसिर २७ गतेदेखि २९ गतेसम्म गर्ने यसअघि निर्णय भइसकेको छ । त्यस्तै विधान महाधिवेशनबाट आएका सुझावलाई परिमार्जन गरी कात्तिक २० गतेसम्म अन्तिम रुप दिने निर्णय भएको नेता ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.